FAQs Complain Problems

सूचना तथा समाचार

भिमाद नगरपालिकाको स‌ंक्षिप्त परिचय

नेपालको संविधानको घोषणा अनुसार राज्य पुनसंरचना अन्तर्गत नेपालको प्रदेश नं ४ तनहुँ जिल्लाको पश्चिम दक्षिण भेगमा अवस्थित यस भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग  किलोमिटर रहेको छ । साविक अरुणोदय,किहुँ,भानुमती,भिमाद,माझकोट (१-५,७-९),रिसिङ रानीपोखरी (९), सामुङ भगवतीपुर (२) र गजरकोट (९) गा.वि.स समाविष्ट भई जम्मा ९ वडा कायम भई बनेको यो सुन्दर नगरपालिकाको नामांकन महाभारतको किवंदन्ती अनुसार पाण्डव पुत्र भिमसेनले सेती नदीमा बाँध बाँधेकाले भिमबाँध शब्दको अपभ्रंस भई भिमाद भन्ने शब्द जनजिब्रो र प्रचलित भाषामा लोकप्रिय भएकाले यस ऐतिहासिक स्थलको महिमालाई झल्काउने गरी भिमाद नगरपालिकाको रुपमा नामाकरण गरिएको हो ।

पर्यटकीय, धार्मिक, जैविक विविधतायुक्त वन जंगल, नदीनाला, कृषि उर्वरभुमी र व्यापार व्यवसाययुक्त भएको अनुपम भूमि हो यो ।

यहाँ २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ३१,३६२ (पुरुष संख्या : १३३६०, महिला संख्या : १८००२) रहेको छ ।

सूचना तथा समाचार

सेवाहरु

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भिमाद नगरकार्यपालिका
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

१। व्यवसाय गर्नेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
२। दुइ प्रति पासपोट साइज फोटो
३। व्यवसाय गर्ने स्थानको लालपुर्जाको प्रतिलिपि
४। भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपि
५। दुइ वा वहुपक्षीय भए करार सम्झौताको प्रतिलिपि
६। प्रा लि भए प्रबन्ध पत्रको प्रतिलिपि
७। अन्य सम्बन्धित पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- ५ मिनेेट
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

अधिकार प्राप्त व्यक्तिबाट ताेक अादेश लागेको पत्र तथा सही छाप भएका पत्रहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१। बाबु अामाको नागरिकताको प्रमाण पत्रको