समाचार
आर्थिक वर्ष २०८२ ०८३ दोश्रो चौमासिक सार्वजनिक सुनुवाई
मिति: २०८३ वैशाख ११ गते
स्थान: भिमाद सामुदायिक भवन , वडा नं ९ , चिहान डाँडा
आयोजक: भिमाद नगरपालिका
सहकार्य: देवघाट मल्टिमिडिया प्रा.लि
विवरण:
भिमाद नगरपालिकाको आयोजना र देवघाट मल्टिमिडिया प्रा.लिको सहकार्यमा मिति २०८३/०१/११ गते भिमाद नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकमा सम्पादित विकास निर्माण , आर्थिक, सामाजिक विकास तथा सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम भिमाद नगरपालिकाका श्रदेय नगर उप-प्रमुख शारदा खनाल ज्यूको अध्यक्षतामा , भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शोभाखर पोखरेलज्यू ,वडाका अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, शाखा प्रमुख ज्यूहरु, कर्मचारीहरु तथा भिमाद नगरपालिकावासीको उपस्थितिमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा सरोकार स्थानीय नागरिकबाट सेवा प्रवाहका सम्बन्धमा प्रश्न, गुनासो ,राय , सुझाव राखेर सो राखिएको विषयलाई नगरपालिकाकाका नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्ष, विषयगत शाखा प्रमुखहरुबाट सम्बोधन गरेर सम्पन्न गरिएको छ । केही झलकहरु ...........



















