समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
भिमाद नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान Nov 25 - 10 Dec(२०८० मंसिर ९-२४) मंसिर ९ गते आरम्भ गरी आज मंसिर २४ गते ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन विभिन्न कार्यक्रम संचालन गरि समापन गरिएको छ। उक्त १६ दिने अभियानमा भिमाद न.पा.का नगर प्रमुख दधिराज सुवेदी, उप–प्रमुख शारदा खनाल,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु एवम् कार्यपालिकाको सदस्यहरु लगायत अन्य बिशिष्ट व्यक्तिहरुले आआफ्नो तर्क राख्नुको साथै लैगिक हिंसा बिरुद्दको अभियान आफैबाट सुरु गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । यसै अवधिमा लैङ्गिक हिंसा न्युनिकरणमा विद्यार्थी भुमिका बिषयक माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता , अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता माथि हुने हिँसा तथा लैङ्गिक हिँसा न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम पनि संचालन गरिएको थियो ।