समाचार
सहकारी लेखा तथा वित्तीय विश्लेशण सम्बन्धी तालिम
मिति: २०८२।११।२६ देखी २०८२।११।२९
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
सहजीकरण : थमसप कन्सट्यास प्रा.लि. पोखरा-१२ का सन्चालक रविन्द्र राज पौडेल तथा पृथ्वी वहुउद्देश्यिय सहकारी संस्थाका व्यवस्थापक तथा म्यानेजर्स क्लव पोखराका अध्यक्ष मोहन प्रसाद अधिकारी
विवरण:
भिमाद नगरपालिकाको आयोजनामा भिमाद नगरपालिका क्षेत्रभित्र रहेका प्रारम्भिक सहकारी संस्थाका कर्मचारीहरुको लागि चार दिने सहकारी लेखा तथा वित्तीय विश्लेशण सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिम मिति २०८२।११।२६ गते सुरु भई २०८२।११।२९ गते समापन भएको थियो ।
प्रारम्भिक सहकारी संस्थाका २२ जना कर्मचारी सहभागी रहेको तालिममा थमसप कन्सट्यास प्रा.लि. पोखरा-१२ का सन्चालक रविन्द्र राज पौडेल तथा पृथ्वी वहुउद्देश्यिय सहकारी संस्थाका व्यवस्थापक तथा म्यानेजर्स क्लव पोखराका अध्यक्ष मोहन प्रसाद अधिकारीले ४ दिने सत्रमा सहजीकरण गर्नुभएको थियो । महिला विकास निरीक्षक श्री विना श्रेष्ठ तथा सहायक आलेप अधिकृत श्री चिरन्जीवी सिग्देल कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत श्री अजय सुवेदीले गर्नुभएको थियो ।समापन सत्रमा श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यूले निर्देशन सहितको समापन मन्तव्य दिनुभएको थियो । सोही कार्यक्रमका केही झलकहरु ...... ............









