समाचार
आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी
मिति २०८३/०४/२१ र २२ गतेको दिन श्रद्वेय नगर प्रमुख श्री दधिराज सुवेदी ज्यूको अध्यक्षतामा, नगर उप प्रमुख श्री शारदा खनाल ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री शोभाखर पोखरेलज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, शाखा प्रमुख ज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षको समीक्षा गर्दै अगामी आर्थिक वर्षको कार्ययोजना बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सम्पूर्ण वडा र विषयगत शाखाबाट आर्थिक वर्ष २०८२/८३ मा सम्पादित कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।





























