समाचार
राजश्व सुधार कार्ययोजना सम्बन्धी कार्यशाला गोष्ठी
मिति: २०८२ फाल्गुन ०४ र ०५ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
सहजीकरण : सार्वजनिक वित्त विज्ञ श्री कृष्ण प्रसाद अवस्थी
विवरण:
भिमाद नगरपालिकाको राजश्व सुधार कार्ययोजना (आ.व.२०८३।०८४- २०८५।०८६) सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। दुई दिने चलेको उक्त कार्यशाला गोष्ठीको अध्यक्षता राजश्व परामर्श समितिको संयोजक तथा नगर उपप्रमुख श्री शारदा खनालज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको सहभागिता रहेको थियो । उक्त दुई दिवसिय कार्यशालाको पहिलो दिन अर्थात् मिति २०८२।११।०४ गते वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु र भिमाद नगर उद्योग वाणिज्य संघका प्रतिनिधि ज्यूहरुको सहभागी थियो भने दोस्रो दिन मिति २०८२।११।०५ गते वडा सचिवहरु, विषयगत शाखा, उपशाखा तथा इकाइ प्रमुखहरुको सहभागी रहेको थियो । कार्यशाला गोष्ठीमा सार्वजनिक वित्त विज्ञ कृष्ण प्रसाद अवस्थीले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत अजय सुवेदीले गर्नु भएको थियो । कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो । सोही कार्यक्रमका केही झलकहरू ............





