समाचार
भिमाद नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा नवौं मेयर कप प्रतियोगिता -२०८२
मिति: २०८२/०७/२८ गते देखी ३० गते सम्म
स्थान: भिमाद रङ्गशाला
आयोजक: भिमाद नगरपालिका
विवरण:
भिमाद नगरपालिकाको आयोजनामा मिति २०८२/०७/२८ गतेको दिन भिमाद नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा नवौं मेयर कप प्रतियोगिता -२०८२ समुद्घाटन समारोह कार्यक्रम भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यूको अध्यक्षतामा, श्रद्वेय नगर- प्रमुख श्री दधिराज सुवेदीज्यूको प्रमुख आतिथ्यतामा, ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष श्री राजेन्द्र कृष्ण श्रेष्ठज्यू , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री श्रीप्रसाद श्रेष्ठज्यू र भिमाद नगरपालिकाका श्रद्वेय नगर- उपप्रमुख श्री शारदा खनालज्यू को विशिष्ट अतिथ्यतामा, राजनीतिक दलका प्रतिनिधिज्यूहरु , वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, प्रधानाध्यापकज्यूहरु , शिक्षक-शिक्षिकाहरु, कर्मचारीहरु तथा विद्यार्थीहरु र नगरबासीको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको छ । विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा सबल बनाउने, विद्यार्थीहरु बिच स्वस्थ प्रतिस्पर्धा गराउने तथा टिमवर्क को भावना विकास गर्ने उदेश्यले आयोजना गरिएको यस कार्यक्रम मिति २०८२/०७/२८ गते देखि ३० गतेसम्म भिमाद रङ्गशालामा संचालन भएको छ ।
९ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पार्दै जनज्योति मा.वि भिमाद-६ ले उपाधि जित्न सफल भएको छ भने
४ स्वर्ण, ३ रजत र ५ कास्य सहित बाल शैक्षणिक मा.वि भिमाद-३ द्वितिय र
३ स्वर्ण, ५ रजत र २ कास्य सहित मंगोलादय मा. वि भिमाद-८ तृतिय हुन सफल भएको छ ।
