समाचार
डेरी सहितको साइलेज उद्योग हस्तान्तरण कार्यक्रम
मिति: २०८२ भाद्र ०८ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
विवरण:
मिति २०८२/०५/०८ गते भिमाद नगरपालिकामा श्रद्धेय नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षता तथा माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री भगवती न्यौपानेज्यूको प्रमुख आतिथ्यतामा डेरी सहितको साइलेज उद्योग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा माननीय मन्त्रीज्यूबाट भिमाद कृषि उद्यम सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री नारायण प्रसाद पौडेलज्यूलाई डेरी सहितको साइलेज उद्योग संचालन तथा व्यवस्थापनका लागि हस्तान्तरण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री भगवती न्यौपानेज्यू, गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व अर्थमन्त्री श्री जितप्रकाश आलेज्यू, प्रदेश तथा स्थानीय तहका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, भिमाद नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यसै अवसरमा माननीय मन्त्रीज्यूले स्थानीय सरोकारवाला समूहसँग सेती नदी कटानको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्नुभएको साथै मातृशक्ति सरफ उद्योग र डेरी सहितको साइलेज उद्योगको निरीक्षण समेत गर्नुभएको थियो।