समाचार
आर्थिक वर्ष २०८२ ०८३ प्रथम चौमासिक सार्वजनिक सुनुवाई
मिति: २०८२ मंसिर २५ गते
स्थान: भिमाद नगर उद्योग बाणिज्य संघको सभा हल
आयोजक: भिमाद नगरपालिका
सहकार्य: देवघाट मल्टिमिडिया प्रा.लि
विवरण:
भिमाद नगरपालिकाको आयोजना र देवघाट मल्टिमिडिया प्रा.लिको सहकार्यमा मिति २०८२/०८/२५ गते भिमाद नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा सम्पादित विकास निर्माण , आर्थिक, सामाजिक विकास तथा सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम भिमाद नगरपालिकाका श्रदेय नगर प्रमुख श्री दधिराज सुबेदी ज्यूको अध्यक्षतामा र नगर उपप्रमुख शारदा खनाल ज्यू, भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू लगायत सम्पूर्ण वडाका अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक ज्यूहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि तथा भिमाद नगरपालिकावासीको उपस्थितिमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा सरोकार स्थानीय नागरिकबाट सेवा प्रवाहका सम्बन्धमा प्रश्न, गुनासो ,राय , सुझाव राखेर सो राखिएको विषयलाई नगरपालिकाकाका नगर प्रमुख , नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्ष, विषयगत शाखा प्रमुखहरुबाट सम्बोधन गरेर सम्पन्न गरिएको छ । केही झलकहरु ...........
