समाचार
आ.व. ०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा
मिति: २०८२।१२|०१
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका स्वास्थ्य शाखा
विवरण:
भिमाद नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति २०८२/१२/०८ गते आईतबारको दिन नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट आ.व. ०८२/८३ मा सम्पादित समग्र स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी नगरपालिकाका श्रद्धेय नगर प्रमुख श्री दधिराज सुवेदी ज्युको अध्यक्षतामा सप्पन्न भएको छ ।
कार्यक्रममा श्रद्धेय नगर उप-प्रमुख श्री शारदा खनाल ज्यू, उप-सचिव श्री सन्दिप पौडेल ज्यू, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको खोप अधिकृत श्री शंकरबाबु अधिकारी, तथ्याङ्क अधिकृत श्री टिकाराम शर्मा, लेखा अधिकृत श्री नारायण पौडेल, शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरु तथा विद्यालय नर्सहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
आ.व. २०८२/८३ मा आ-आफ्नो स्वास्थ्य संस्थाहरुबाट प्रवाह गरिएको स्वास्थ्य सेवाहरुको प्रस्तुतीकरण र विद्यालय नर्सबाट प्रवाह गरीएको सेवाहरुको प्रस्तुतीकरण पश्चात नगरपालिकाको समग्र स्वास्थ्य सूचकको वर्तमान अवस्था, पालिकास्तरबाट भएका नविनतम प्रयासहरु, कार्यसम्पादनमा आएका समस्या तथा समाधानका उपायहरु लगायत आगामी दिनको कार्ययोजनाको बारेमा स्वास्थ्य शाखा प्रमुख सुनिता धरेलले प्रस्तुतीकरण गर्नुभएको थियो।
उक्त अवसरमा तिन सदस्यीय मूल्याङ्कन समिति गठन गरी छनौटका विभिन्न मापदण्डमा रहेर आ.व. २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मानित समेत गरिएको थियो । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा.सुदन अधिकारी, सिम्ले सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत अ.हे.व. अनिल ज्ञवाली, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अ.न.मी. इनिसरा गाहा, तुरतुरे सामुदायिक स्वास्थ्य ईकाईका कार्यरत अ.न.मी. कल्पना थापा र भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी निम बहादुर दरै हुनुभएको थियो भने उत्कृष्ट स्वास्थ्य संस्था तर्फ माझकोट स्वास्थ्य चौकी, भिमाद-४ तनहुँ रहन सफल भयो।
सम्मानित हुनुहुने सम्पूर्णमा नगरपालिकाको तर्फबाट हार्दिक बधाई साथै आगामी दिनमा समेत ईमान्दारिता, लगनशिलता एवं सक्रियताको अपेक्षा सहित उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।
अन्त्यमा आफ्नो कार्यमा अहोरत्र खटिनुहने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद दिँदै सबैको साझा प्रयासबाट मात्रै कार्यालयको उदेश्य प्राप्त गर्न सकिने कुरालाई मध्येनजर गर्दै अगामी दिनहरुमा समेत निरन्तर सहकार्यको लागि अनुरोध गर्न चाहन्छौं । सोही कार्यक्रमका केही झलकहरु............














