समाचार
स्वागत तथा अन्तरक्रिया कार्यक्रम
मिति: २०८२ भाद्र १० गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
विवरण:
मिति २०८२/०५/१० गते भिमाद नगरपालिकामा श्रद्धेय नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षता तथा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलज्यूको प्रमुख आतिथ्यतामा माननीय मन्त्रीज्यूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलज्यू, गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व अर्थमन्त्री श्री जितप्रकाश आलेज्यू, प्रदेश तथा स्थानीय तहका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, भिमाद नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।