समाचार
वार्षिक नगर विकास योजना सार्वजनिकीकरण समारोह
मिति: २०८२ श्रावण १५ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
विवरण:
भिमाद नगरपालिकाको नगरसभाको २०औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२-०८३ को लागि स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट ( वार्षिक नगर विकास योजना पुस्तिका ) सार्वजनिकीकरण समारोह सम्पन्न भएको छ । समारोहमा पूर्व मन्त्री माननीय श्री किरण गुरुङज्यू प्रमुख अतिथिका रूपमा सहभागी भई योजना पुस्तिकाको औपचारिक सार्वजनिक गर्नुभएको थियो । भिमाद नगरपालिकाका श्रद्धेय नगरप्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षता, पूर्व मन्त्री माननीय श्री किरण गुरुङज्यूको प्रमुख आतिथ्यता , नगर उपप्रमुख श्री शारदा खनालज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू तथा वडा अध्यक्ष एवं जनप्रतिनिधिहरु,कर्मचारीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको छ ।