समाचार
SuTRA Revenue Module सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम
मिति: २०८२ माघ ०८ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
प्रशिक्षक : श्री शिव चापागाईं , सहायक आ.ले.प अधिकृत , मोदी गाउँपालिका
विवरण:
भिमाद नगरपालिकाको आयोजनामा मिति २०८२/१०/०८ गते SuTRA राजस्व मोड्युल सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यूको अध्यक्षतामा तथा श्री शिव चापागाईं ज्यूको प्रशिक्षकत्वमा सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रममा भिमाद नगरपालिकाका सम्पूर्ण वडाका वडा सचिवज्यूहरू तथा वडा तथा शाखास्तरमा राजस्व संकलन र व्यवस्थापनमा संलग्न कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रशिक्षण कार्यक्रममा SuTRA प्रणालीको प्रयोग, डिजिटल राजस्व व्यवस्थापन, डेटा अभिलेखीकरण, पारदर्शिता तथा उत्तरदायित्वसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिनुका साथै सहभागीहरूलाई LLRP Model सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो। यस प्रशिक्षणबाट सहभागी कर्मचारीहरू SuTRA प्रणालीको प्रभावकारी प्रयोगमार्फत राजस्व संकलन तथा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।केही झलकहरु ...........



