समाचार
e-HMIS,DHIS-2 Digitalization सम्बन्धी तालिम
मिति: २०८१ फाल्गुन २५ र २६ गते
स्थान: भिमाद नगरपालिका
आयोजक: भिमाद नगरपालिका स्वास्थ्य शाखा
विवरण:
भिमाद नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति २०८१ फाल्गुन २५ र २६ गते स्वास्थ्य संस्थाहरुमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (e-HMIS,DHIS-2) Digitalization सम्बन्धी तालिम भिमाद नगरपालिकाका श्रदेय नगर प्रमुख श्री दधिराज सुबेदी ज्यूको अध्यक्षतामा र प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक श्री खिम बहादुर खड्काज्यू , भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू लगायत स्वास्थ्य अनुसन्धान विज्ञहरु श्री दिपक पौडेलज्यू र श्री प्रदिप पौडेलज्यू तथा तथ्यांक अधिकृत श्री प्रविन भण्डारी ज्यूको आतिथ्यतामा सम्पन्न भयो ।
भिमाद नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच र सेवा प्रवाहमा सुधार ल्याउने तथा अनुगमन प्रणालीलाई सरल र प्रभावकारी बनाउने उदेश्यका साथ सम्पन्न भएको उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक श्री खिम बहादुर खड्काज्यूले भिमाद नगरपालिका लगायत गण्डकी प्रदेशको समग्र स्वास्थ्य सूचकको अवस्था र उपयोगको बारेमा जानकारी गराउदै आवश्यक सुधार गर्नुपर्ने पक्षहरुमा पृष्ठपोषण दिनुभएको थियो ।
साथै उक्त कार्यक्रम पश्चात नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा सचेतना अभियान कार्यक्रम अन्तर्गत भिमाद प्राथमिक स्वास्थ्य केन्द्र , भिमाद-६ र माझकोट स्वास्थ्य चौकी, भिमाद-४मा समेत अनुगमन तथा सुपरिवेक्षण समेत सम्पन्न भयो ।