समाचार
COPOMIS तालिम
मिति: २०८२ कार्तिक २५ र २६ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
विवरण:
भिमाद नगरपालिका, नगर कार्यपालिकाको कार्यालय भिमाद तनुहँको आयोजनामा मिति २०८२/०७/२५ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका क्षेत्रभित्र रहेका प्रारम्भिक सहकारी संस्थाका कर्मचारीहरुलाई लक्षित गरी सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न सहकारीबाट १६ जना कर्मचारीको उपस्थिति रहेको थियो। दुई दिने प्रशिक्षण कार्यक्रमको सहजिकरण प्रशिक्षक योगमणि पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत अजय सुवेदीले गर्नुभएको थियो भने संयोजन महिला विकास निरिक्षक विना श्रेष्ठले गर्नुभएको थियो। दुई दिने प्रशिक्षण कार्यक्रमको मिति २०८२/०७/२५ गतेको प्रारम्भिक उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले निर्देशन सहितको मन्तव्य राख्नुभएको थियो भने मिति २०८२/०७/२६ गते कार्यक्रमको समापन सत्रमा नगर प्रमुख दधिराज सुवेदी ज्यूले सहकारी संस्थालाई निर्देशन सहित समापन गर्नुभएको थियो।






