समाचार
सेवा प्रवाह र सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम
मिति: २०८२ भाद्र १८ गते
स्थान: भिमाद नगरपालिका सभा हल
आयोजक: भिमाद नगरपालिका
सह-आयोजक: जिल्ला प्रशासन कार्यालय तनहुँ
विवरण:
मिति २०८२/०५/१८ गते भिमाद नगरपालिकामा जिल्ला प्रशासन कार्यालय तनहुँको सह-आयोजनामा स्थानीय तहको सेवा प्रवाह र सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षता, जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारीज्यूको प्रमुख आतिथ्य, नगर उपप्रमुख शारदा खनालज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू तथा उप अनुसन्धान निर्देशक श्री मनोज अर्यालज्यूको विशेष आतिथ्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्षज्यूहरू, नगर कार्यपालिका सदस्यज्यूहरू, वडा सचिवज्यूहरू तथा शाखा प्रमुखज्यूहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा वडा अध्यक्षज्यूहरूबाट नागरिकका सरोकार तथा दैनिक जीवनका सेवा प्रवाहमा भोग्नु पर्ने समस्या प्रस्तुत गरिएको थियो भने कर्मचारीहरुबाट कार्यसम्पादनका क्रममा भोगिएका प्राविधिक तथा प्रशासनिक जटिलताबारे चर्चा भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यूले सेवा प्रवाहसँग सम्बन्धित कानूनी तथा प्रशासनिक प्रक्रिया, समस्या समाधानका उपायबारे प्रस्तुतीकरण गर्दै आवश्यक निर्देशन र सुझाव प्रदान गर्नुभएको थियो ।