समाचार
शहरी विकास कार्यक्रम अन्तर्गत योजना हस्तान्तरण कार्यक्रम
मिति: २०८२ जेठ २७
स्थान: भिमाद नगरपालिका , नगर प्रमुख कक्ष
आयोजक: भिमाद नगरपालिका
विवरण:
संघीय आयोजना कार्यन्वयन इकाईबाट शहरी विकास कार्यक्रम अन्तर्गत आ. व २०७९/०८० मा स्वीकृत भएर भिमाद नगरपालिकामा सम्पन्न योजनाहरु संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, कास्कीका कार्यलय प्रमुख सुनिता श्रेष्ठले भिमाद नगरपालिकाका नगर प्रमुख श्रद्देय दधिराज सुबेदीज्युलाई हस्तान्तरण गर्नुभएको छ । यो योजना अन्तर्गत भिमाद नगरपालिका भित्र निम्न बमोजिमका योजनाहरू सम्पन्न भएर हस्तान्तरण भएको छ ।
१. जलौदी, खेक्रेटार मालेबगर चक्रपथ कालोपत्रे।
२. भिमगुफा मोटरमार्ग स्तरोन्नती।
३. उड्सिंग बोमा सडक खण्ड स्तरोन्नती
४. भिमाद शवदहन स्थल निर्माण
५. शवदहन प्रवेश मार्ग निर्माण
६. सिद्ध गुफा पार्क , अन्य संरचना , पार्कका लागि बाटो , पार्क जाने कजवे निर्माण
७. ६ नं वडा कार्यालय प्रशासकीय भवन निर्माण।