समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
मिति: २०८२ मंसिर ०९ गते देखि मंसिर २४ गते सम्म
स्थान: भिमाद नगरपालिका कार्यपालिकाको कार्यालय , सम्पूर्ण वडाकार्यालय , स्वास्थ्य संस्थाहरु
आयोजक: भिमाद नगरपालिका
विवरण:
"प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भिमाद नगरपालिकामा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। अभियानको उद्घाटन भिमाद नगरपालिकाका श्रद्धेय नगर उपप्रमुख श्री शारदा खनालज्यूको अध्यक्षतामा, श्रद्धेय नगरप्रमुख श्री दधिराज सुवेदीज्यूको प्रमुख आतिथ्यतामा, प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू, नगर प्रवक्ताज्यू, बहिनी एडुकेयर फाउण्डेशनका प्रतिनिधिज्यू, मस्तिष्क पक्षघात स्वावलम्बन समुहका प्रतिनिधिज्यू लगायत सम्पूर्ण नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा हिंसा विरुद्धको समर्थन तथा शान्तिको प्रतिक सेतो रिबन लगाई “म हिँसा गर्दिन / गरेको हिँसा पनि सहन्न / हिँसा गरेको पाएमा उजुरी गर्नेछु" भन्ने प्रतिबद्धता सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै भएको थियो ।
अभियानको मुख्य उद्देश्य लैंगिक हिंसाविरुद्ध जनचेतना फैलाउने, लैङ्गिक समानता प्रवर्द्धन र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्नु हो। २५ नोभेम्बर देखि १० डिसेम्बर, २०२५ अर्थात् वि.स. २०८२ मंसिर ०९ गते देखि मंसिर २४ गते सम्म संचालन हुने यस अभियान लैङ्गिक हिंसा विरुद्ध विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै सम्पूर्ण वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूबाट समेत मनाईनेछ।











