समाचार
भिमाद नगरपालिका, तनहुँको १४ औं नगर सभा सम्पन्न भएको छ ।
भिमाद भिमाद नगरपालिका, तनहुँको १४ औं नगर सभामा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूवाट असार ९ गते वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरी स्वीकृत भै असार १० गते नगर उप प्रमुख श्री शारदा खनालज्यूवाट भिमाद नगरपालिकाको आगामी वर्षको वार्षिक वजेट तथा कार्यक्रम सहितको वजेट वक्तव्य प्रस्तुत (अनुमानित आम्दानी रु.६३ करोड ८९ लाख ५६ हजार ८७) गरी असार १५ गते सर्वसम्मतले स्वीकृत भएको छ । साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको छ ।