समाचार
बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण कार्यशाला गोष्ठी
मिति: २०८२ मंगसिर ६ र ७ गते
स्थान: भिमाद नगरपालिका सभा हल र जनज्योती मा वि को हल
आयोजक: राष्ट्रिय बाल अधिकार परिषद्
सहजीकरण: भिमाद नगरपालिका
विवरण:
बाल अधिकार संरक्षण तथा सम्बर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण गर्ने उद्देश्यले भिमाद नगरपालिकाको समन्वय तथा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा भिमाद नगरपालिकामा मिति २०८२ साल मंसिर ०६ र ०७ गते "बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धी एकीकृत कार्यविधि निर्माण कार्यशाला गोष्ठी" सम्पन्न भएको छ । उक्त गोष्ठी भिमाद नगरपालिकाका श्रद्वेय नगर श्री प्रमुख दधिराज सुवेदीज्यूको अध्यक्षतामा, उपप्रमुख श्री शारदा खनालज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री कमल प्रसाद पुनज्यूको विशेष आतिथ्यतामा, वडा अध्यक्षज्यूहरू, नगर कार्यपालिका सदस्यज्यूहरू, विषयगत समितिका संयोजक/सदस्यज्यूहरू, विषयगत शाखाका प्रमुख ज्यूहरू, वडा सचिवज्यूहरू, विद्यालयका प्रधानाध्यापकज्यूहरू, बाल क्लब प्रतिनिधि र बालबालिकाको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो भने कार्यक्रममा सहजीकरण प्रदेशसमन्वय अधिकृत (गण्डकी प्रदेश) बद्री प्रसाद वाग्लेज्यूले गर्नुभएको थियो ।
बालबालिका सम्बन्धी ऐन, २०७५ ले स्थानीय तहलाई तोकेको दायित्वअनुसार बाल अधिकार संरक्षण, बाल कल्याण, बाल क्लब परिचालन, वैकल्पिक हेरचाह, बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा बाल विवाह–बाल श्रममुक्त नगर निर्माणका लागि आवश्यक एकीकृत कार्यविधि निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस गोष्ठीले कार्यविधि तर्जुमा गर्नमा महत्वपूर्ण मार्गदर्शन र स्पष्टता प्रदान गरेको छ।
























