समाचार
बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृद्दि कार्यक्रम
मिति: २०८२ जेठ २१
स्थान: भिमाद नगरपालिकाको सभा हल
आयोजक: सामाजिक विकास कार्यालय, तनहुँ
समन्यव: भिमाद नगरपालिका
विवरण:
आज मिति २०८२-०२-२१ गते भिमाद नगरपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृद्दि कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक विकास कार्यालय, तनहुँले नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी, सेवा प्रदायक सामाजिक संघ संस्था, विद्यालयका प्र.अ., स्वास्थ्य संस्था, बालक्लवका प्रतिनिधि, लगायत विभिन्न सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी जानकारी दिने तथा क्षमता विकास गर्ने उद्धेश्यले अभिमुखीकरण तथा क्षमता अभिवृद्दि कार्यक्रम भिमाद नगरपालिकाको सभाहालमा संचालन गरेको हो ।
कार्यक्रमको अध्यक्षता जिल्ला बालअधिकार समिति तनहुँका अध्यक्ष तथा निवर्तमान म्याग्दे गाउँपालिकाको अध्यक्ष मायादेवी राना , प्रमुख अतिथि नगर प्रमुख दधिराज सुवेदी , विशेष अतिथि नगर उप प्रमुख शारदा खनालले गर्नुभएको थियो भने बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन पालिका स्तरीय संरचना र बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू, बालमैत्री स्थानीय शासनका चरणहरु लगायतका विषयमा सफल बरालज्यूले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी सम्पूर्णले भिमाद नगरपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट सक्रिय तथा अर्थपूर्ण सहभागिता जनाई भिमाद नगरपालिकालाई मिति २०८३ मङ्सिर ४ गते सम्म बालमैत्री नगरपालिका घोषणाको लागि पूर्ण रुपले सहयोग गर्ने र गराउने गरि सामूहिक प्रतिवद्धता जाहेर गर्दै कार्यक्रम समापन भएको थियो ।