समाचार
प्रमुख प्रशासकीय अधिकृतज्यूको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
मिति: २०८२।१२|११
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
विवरण:
आज मिति २०८२/१२/११ गते भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यूको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका श्रद्धेय नगरप्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम महिला श्री रिता सुवेदीज्यू, नगर उप-प्रमुख श्री शारदा खनाल ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू, उप-सचिव श्री सन्दिप पौडेल ज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, शाखा प्रमुखहरु तथा कर्मचारीहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।
विगत डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ र कुशलतापूर्क वहन गरी यस नगरपालिकालाई पुर्याउनु भएको योगदानको कदर गर्दै नगरपालिकाको तर्फबाट सुखद सेवा निवृत सहित उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौं । सोही कार्यक्रमका केही झलकहरु............
