समाचार
पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम
मिति: २०८२ जेठ १४
स्थान: भिमाद नगरपालिका
आयोजक: भिमाद नगरपालिका खोप समन्वय समिति
विवरण:
"स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता "भन्ने नाराका साथ पालिका खोप समन्वय समिति, भिमाद नगरपालिकाको आयोजनामा मिति २०८२/०२/१४ गते "पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा " कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षतामा भिमाद नगरपालिकाका श्रद्वेय नगर प्रमुख श्री दधिराज सुवेदी ज्यू, प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले ज्यू तथा भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुन , प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख श्री अमर दवाडी, विभिन्न राजनीति दलका प्रतिनिधि ज्यूहरु , वडा अध्यक्ष ज्यू हरु, कार्यपालिका सदस्य ज्यूहरु लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य शाखा प्रमुख सुनिता धरेलले प्रस्तुत गर्नुभएको भिमाद नगरपालिकको पूर्ण खोपको कार्यपत्र अनुसार १६-२३ महिनाको जम्मा २३२ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेका छन। अगामी दिनहरुमा पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रतिबद्धता गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।