समाचार
कम्प्युटर सम्बन्धी काम गर्ने शिक्षकका लागि क्षमता विकास कार्यक्रम
भिमाद नगरपालिकामा कम्प्युटर सम्बन्धी काम गर्ने शिक्षकका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत मिति २०८१/०४/२४ गतेका दिन विद्यालयमा ई-हाजिरी संचालन प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ । सोही कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख श्री दधिराज सुवेदी ज्यू र प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी ज्यूबाट आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारबाट हस्तान्तरित ( विशेष अनुदान ) अन्तर्गत डिजिटल सिकाई सामाग्री स्मार्ट टि भी र ल्यापटप विद्यालयलाई हस्तान्तरण पनि गरिएको थियो ।