समाचार
उपभोक्ता सचेतना कार्यक्रम
मिति: २०८२।१२|०१
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
विवरण:
मिति २०८२ साल चैत्र १ गते तदअनुरुप २०२६ मार्च १५ गते विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा भिमाद नगरपालिकाको आयोजनामा एक दिने उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा टोलविकास संस्था, आमा समूह, जलउपभोक्ता संस्था, सहकारी संस्थाका प्रतिनिधि गरी 33 जनाको सहभागिता रहेको थियो। भिमाद नगरपालिकाको उपप्रमुख श्री शारादा खनालको अध्यक्षता , नगर प्रमुख श्री दधिराज सुवेदीको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री दिपक रेग्मीले उपभोक्ता संरक्षण ऐन, २०७५ का मूख्य प्रावधानको विषयमा सहजीकरण गर्नुभएको थियो भने कृषि प्रसार अधिकृत सुस्मिता गौतमले कृषिजन्य उत्पादन र उपभोगमा उपभोक्ताले अपनाउनुपर्ने विषयमा र जनस्वास्थ्य अधिकृत श्री सुनिता धरेलले औषधीजन्य सामाग्रीको बिक्री वितरणमा उपभोक्त्ताले ख्याल गर्नुपर्ने विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले कार्यक्रमको उद्देश्य र महत्व बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन सहायक आलेप अधिकृत श्री चिरन्जीवी सिग्देलले गर्नुभएको थियो भने उद्घोषकको भूमिका प्रशासकीय अधिकृत अजय सुवेदीले गर्नुभएको थियो। सोही कार्यक्रमका केही झलकहरु............













