समाचार
आ व २०८३/०८४ वार्षिक नीति तथा कार्यक्रम र वजेट सार्वजनिकीकरण समारोह
भिमाद नगरपालिकाको २२औँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट आज मिति २०८३ साउन १५ गते शुक्रबार एक औपचारिक समारोहबीच सार्वजनिक गरिएको छ। भिमाद नगरपालिकाका नगर प्रमुख श्री दधिराज सुवेदीज्यू, प्रमुख अतिथि माननीय संविधान सभा सदस्य श्री टुकराज सिग्देलज्यू, उप-प्रमुख श्री शारदा खनालज्यू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुखहरू, प्रधानाध्यापकहरू, पत्रकारहरू तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा नीति तथा कार्यक्रम र बजेटसहितको वार्षिक नगर विकास योजना पुस्तिका विमोचन तथा सार्वजनिक गरिएको छ। नगरपालिकाले सार्गवजनिक गरेको कुल ल ६७ करोड ७१ लाख १७ हजार बजेटमध्ये चालुतर्फ रु. ४७,७२,७२,०००/- (७०%) र पुँजीगततर्फ रु. १९ करोड ९८ लाख (३०%) विनियोजन गरिएको छ। सोही कार्यक्रमका केही झलकहरु .............































