समाचार
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस
मिति: २०८२ मंसिर १७ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
विवरण:
“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नवौँ दिन, अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस मिति २०८२/०८/१७ मा भिमाद नगरपालिकामा उत्कृष्ट संरक्षक सम्मान कार्यक्रम गरी सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम भिमाद नगरपालिकाका श्रद्धेय नगर उपप्रमुख श्री शारदा खनालज्यूको अध्यक्षतामा, श्रद्धेय नगरप्रमुख श्री दधिराज सुवेदीज्यूको प्रमुख आतिथ्यमा, प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नेपाली प्रहरी, बहिनी एडुकेयर फाउण्डेशनका प्रतिनिधिज्यू, मस्तिष्क पक्षघात स्वावलम्बन समूहका प्रतिनिधिज्यू साथै कर्मचारीहरूको उल्लेखिय उपस्थितिमा सम्पन्न भएको थियो।
साथै सामाजिक विकास कार्यालय तनहुँद्धारा आयोजित अन्तरपालिका स्तरीय हाजिरी–जवाफ प्रतियोगितामा भिमाद नगरपालिकाको प्रतिनिधित्व गर्दै जनज्योति माध्यमिक विद्यालय, भिमाद–६, तनहुँबाट सहभागि भई प्रथम स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई भिमाद नगरपालिकाले सम्मान गरेको थियो कार्यक्रमका केही झलकहरू…










