समाचार
अन्तरक्रिया कार्यक्रम
मिति: २०८२ मंसिर २९ गते
स्थान: भिमाद नगरपालिका सभाहल
आयोजक: भिमाद नगरपालिका
सहकार्य: प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा
विवरण:
प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा र भिमाद नगरपालिका, तनहुँका पदाधिकारी तथा कर्मचारीहरुबीच मिति २०८२/०८/२९ गते भिमाद नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पदपूर्ति सम्बन्धी व्यवस्था, रिक्त पदमा पदपूर्तिको अवस्था, पाठ्यक्रम सम्बन्धि पृष्ठपोषण, कार्यप्रवाह तथा विविध समसामयिक विषयमा केन्द्रित उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षतामा भिमाद नगरपालिकाका श्रद्धेय नगर प्रमुख श्री दधिराज सुबेदीज्यू, प्रमुख अतिथिका रूपमा लोक सेवा आयोग, गण्डकी प्रदेशका अध्यक्ष माननीय विष्णुप्रसाद नेपालज्यू, अतिथिमा प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशका सदस्य माननीय कल्पना लम्सालज्यू, श्रद्वेय नगर उपप्रमुख श्री शारदा खनालज्यू, प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशका सचिव श्री शिला बराल सापकोटा ज्यू तथा भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यूका साथै भिमाद नगरपालिकाका कर्मचारी ज्यूहरुको उल्लेखिय उपस्थितिमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा भिमाद नगरपालिकामा कार्यरत कर्मचारीहरूबाट पेश भएका पदपूर्ति, सरुवा, तह-वृद्धि , बढुवा, कामकाज प्रक्रिया, सेवा प्रवाह तथा कार्यप्रवाहसँग सम्बन्धित समस्या, गुनासो तथा सुझावहरूलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिद्वारा उक्त समस्याहरुको समाधानको उपायबारे जानकारीका साथै आवश्यक निर्देशन तथा सुझाव प्रदान गर्नुभएको थियो । केही झलकहरु ...........
