FAQs Complain Problems

समाचार

एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलाई जारी गरिएको सुचना

              एकिकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरूलाई अत्यन्त जरुरी सूचना
                   (सूचना प्रकाशित मितिः २०७४/१०/२९)

    भिमाद नगरपालिकाले हालसम्म भूमिकर असूल गरी आएकोमा स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली बमोजिम २०७४ साल फागुन १ गते देखि एकिकृत सम्पत्तिकर लागू गरिने भएकाले नगरपालिका क्षेत्रभित्र जग्गा रहेका जग्गाधनीहरूलाई आफ्नो जग्गा र सो जग्गामा बनेको संरचनाको विवरण दाखिला गरी नगरपालिकामा लगत कायम गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । 

    सम्पत्तिको विवरण दाखिला गर्ने फाराम भिमाद नगरपालिका कार्यालयबाट यही फागुन १ गते देखि वितरण हुने हुँदा फाराम प्राप्त गर्नुभई सो फाराममा सत्यतथ्य विवरण २०७५ साल वैशाख मसान्तसम्म नगरपालिका कार्यालयमा दाखिला गर्नुहुन अनुरोध गरिन्छ । यस्तो विवरण जग्गाधनी आफै वा निजको सगोल परिवारका व्यक्ति वा निजको मञ्जुरीनामा प्राप्त व्यक्तिले मात्र बुझाउन सक्नेछन् । नगरपालिकाले तोकेको अन्तिम मितिसम्म पनि विवरण दाखिला नगर्ने जग्गाधनीहरूले विलम्ब शुल्क तिर्नुपर्ने हुँदा तोकिएको समयभित्रै आ–आफ्नो सम्पत्ति (घर र संरचना) को विवरण पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । 

    एकिकृत सम्पत्तिकरको विवरण दाखिला गर्नका लागि आ.व.२०७३/०७४ सम्मको मालपोत वा भूमिकर तथा घरजग्गाकर÷घरकर समेत चुक्ता गर्नुपर्नेछ । एकिकृत सम्पतिकर तिरेपछि सो  घर र जग्गामा मालपोत, भूमिकर र घरजग्गा कर नलाग्ने बेहोरासमेत जानकारी गराइन्छ ।

आर्थिक वर्ष: